सुभासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेताबाट राजीनामा दिन निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकले संसदीय दलको उपनेताबाट राजीनामा दिन सुवासचन्द्र नेम्वाङलाई निर्देशन दिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेम्वाङलाई राजीनामा दिन निर्देशन दिएकाे एक केन्द्रीय सदस्यले नवलपुर टुडेलाई जानकारी दिए ।

प्रचण्ड – नेपाल पक्ष पेरिसडाँडामा अहिले केन्द्रीय कमिटीको बैठक जारी छ । प्रतिनिधिसभा पुनःस्थापना पछिको रणनीति तय गर्न बैठक बसिरहेको हो ।

Related posts