आज नारायणी किनारमा निःशुल्क फोटोवाक, उत्कृष्ट खिच्नेलाई पुरस्कार

चितवन, असोज १० । नवज्ञान सेन्टर भरतपुरको आयोजनामा आज नारायणी किनारमा ‘फोटोवाक’ हुदै छ । फोटोग्राफी क्षेत्रमा रुचि भएका तथा यहिँ क्षेत्रमा लाग्न चाहनेहरुलाई लक्षित गरि निःशुल्क फोटोवाक कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक नवीन थापाले जानकारी दिए।

थापाका अनुसार फोटोवाकमा लामो समय फोटोग्राफी क्षेत्रमा काम गरेका बरिष्ठ फोटोग्राफर किशोर श्रेष्ठले प्रशिक्षण प्रदान गर्नेछन् । फोटोवाक फोटो खिच्दै सिक्ने महत्वपूर्ण अवसर हो, उनले भने । फोटोवाक अवधिभरमा सहभागीद्वारा खिचिएका उत्कृष्ट तीन फोटोलाई पुरस्कृतसमेत गरिने थापाले बताए।

Related posts