गुल्मीमा जिप दुर्घटना हुँदा दुई जना घाइते

गुल्मी। गुल्मीमा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। गएराती १० जना यात्रु लिएर बुटवलबाट गुल्मीको अर्जेतर्फ गएको लु१ज ४४४८ नम्बरको जीप तम्घास-सिमलटारी सडक खण्ड अन्तरगत अर्खलेमा दुर्घटना हुँदा रुपन्देही बुटवल-१४ कि ३५ वर्षीया देवकला अर्याल र जिप चालक २६ वर्षीय कृष्ण सुनार घाइते भएका छन्।

रेसुङ्गा नगरपालिका-४ अर्खलेमा जीप दुर्घटना भएको हो। 
उनीहरूलाई उद्दार गरी थप उपचारका लागि सदरमुकाम तम्घास ल्याइएको प्रहरीले जनाएको छ। 

Related posts