आयोग : सार्वजनिक बिदाका दिन पनि चुनावी खर्च विवरण बुझाउन सकिने

काठमाडौ । निर्वाचन आयोगले सार्वजनिक बिदामा दिन पनि पालिका चुनावका उम्मेदवारले खर्च विवरण बुझाउन सक्ने जनाएको छ । आयोगका समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार यसअघि समय अवधिभित्र चुनावी खर्च विवरण नबुझाउनेले आज बिदाको दिन पनि बुझाउन सक्नेछन्। 

आज सार्वजनिक बिदाको दिनमासमेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिबाना बुझाउने व्यवस्था मिलाइएको र रकम नबुझाउने उम्मेदवारको नाम समानुपातिकको बन्दसूचीबाट हटाउने निर्णय भएको आयोगले जनाएको छ।

photo 2022 10 22 10 13 32

Related posts