भरतपुरमा भेटिएको शंकास्पद वस्तु सेनाले गर्‍यो डिस्पोज, पूर्व-पश्चिम राजमार्ग संचालन

भरतपुर । भरतपुरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । उक्त शंकास्पद वस्तुलाई सेनाको टोलीले केहीबेर अघि डिस्पोज गरेको हो।

चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले उक्त वस्तु तर्साउने नियतले राखिएको पाइएको बताए । ‘उक्त वस्तु के हो यकिन गरिएको छैन। विज्ञहरूले अनुसन्धान गरेपछि मात्र थाहा हुन्छ’, उनले भने, ‘तर्साउने नियतले राखिएको पाइएको छ।’  

शंकास्पद वस्तु डिस्पोज गरिएसँगै पूर्व-पश्चिम राजमार्ग खुला गरिएको छ।

Related posts