फागुन २७, चितवन।
के एफ टि नेपाल लगाएतको आयोजनामा ‘चिल्ड्रेन इन फेमिलिज’ भन्ने मूल नाराका साथ दुइ दिने कार्यशाला गोष्टि संचालन हुन गइरहेको ।
उक्त कार्यशालामा अधिबक्ता भविन्द्र राई, डा मदन थापा, सुरेन रसाइली र प्रमिला नेपालीले पारिवारिक बातावरणमा बालबालिकाहरुलाई कसरी केयर गर्न सकिन्छ भन्ने बिषयमा सिकाउनुहुने के एफ टि नेपालका राष्ट्रिय संयोजक अधिबक्ता भविन्द्र राई ले नवलपुर टुडे लाई जानकारी गराउनु भएको छ।

दुइ दिन सम्म सम्पन्न हुने उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाको उपमेयर पार्वती शाह ठकुरीको पनि उपस्थिति रहेने छ भने ३५ -४० जना बालगृह क्षेत्रमा कामगर्ने र बालबालिकाहरुको क्षेत्रमा कामगर्ने संस्थाहरुबाट सहभागी हुने जानकारी आयोजकले नवलपुर टुडे लाई जानकारी गराएका छन्।






