भारतले चिनी निर्यातको प्रतिबन्ध थप १ वर्ष बढायो

काठमाडौ । छिमेकी देश भारतले चिनीको निर्यातमा लगाउँदै आएको प्रतिबन्धको समय लम्ब्याएको छ । ३१ अक्टोबर २०२३ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको समाचार द इकोनोमिक्स टाइम्सले लेखेको छ ।

यो निर्णयको प्रभावस्वरुप नेपालमा चिनीको मूल्य महँगो भएको छ । भारत सरकारले जुन १ देखि लागू हुने गरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको थियो ।

भारत विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक मुलुक हो ।

Related posts