लोक गायिका जेरी र गायक शंकर क्षेत्रीले गरे सम्बन्ध विच्छेद

काठमाडौं, कात्तिक २४ । लोक गायिका बबिता बानियाँ जेरी र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन्।

उनीहरूले बिहीबार काठमाडौं जिल्ला पुगेर सम्बन्ध विच्छेद गरेका हुन्। आफूहरूले सहमतिमै सम्बन्ध विच्छेद गरेको गायक क्षेत्रीले बताए ।

‘दुई जनाको सहमतिमा हामीले डिभोर्स गरेका छौं। मैले योभन्दा अघि हाम्रो सम्बन्धलाई बचाउने प्रयास गरेको हो तर मिल्न नसकिने अवस्था आएपछि सम्बन्ध टुंगाएका हौं,’ उनले भने।

उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ। जेरी र शंकरले २०७६ माघ १ गते विवाह गरेका थिए।

Related posts