स्वतन्त्र उम्मेदवार कार्की घरदैलो अभियानमा ब्यस्त

प्रदिप सिंह
लहान । लामो समयदेखि मिडिया क्षेत्रमा काम र ओकालत गर्दै आएको समाजिक अभियानता सुरेश कुमार कार्की यतिबेला चुनावमा होमिएको छ।

सिरहा क्षेत्र नं. २ को स्वतन्त्र उम्मेदवार प्रतिनिधि सभा सदस्य कार्की घर दैलो अभियानमा जनता समक्ष पुगिरहदा उनको जताततै चर्चा यतिबेला गाँउ वस्तिमा हुन थालेका छन् ।

कार्कीले पत्रकार सम्मेलन गर्दै आफ्ना भावी योजना बताउदै सार्वजनिक रूपमै औठा छापसहित आम जनताको लागि विकास निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्दै घर दैलोमा विधिपूर्वक रहेका कार्कीको चौतर्फी चर्चामा छ।

नेपालकै राजनीतिक इतिहासमा पहिलो पटक १५ बुँढे प्रतिबद्धता गरेको नेपाली बसहा कागजमा औठा छाप गर्ने उम्मेदवार कार्की हुन। कार्कीले घरदैलो गरि रहदा जनताको गुनासो यतिबेला सुनिरहेका छ्न ।

Related posts