गृहमन्त्री खाणविरुद्ध तारा बरालले दिइन् बहुविवाहको उजुरी, उम्मेदवारी खारेजीको माग

रुपन्देही, मंसिर १ । गृहमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण खाँणविरुद्ध बहुविवाह गरेको भन्दै उजुरी दर्ता भएको छ । खाँणको उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो ।

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार खाँणकाे उम्मेदवारी खारेजीकाे माग गर्दै बिहीबार उजुरी दर्ता भएको हो । यसअघि निर्वाचन आयोगमा दर्ता भएको र सम्बन्धित क्षेत्रमा आएर उजुरी दर्ता गरिएको अधिवक्ता तारा बरालले बताइन् । उनले भनिन्, ‘खाँण बहुविवाहमा संलग्न रहेकाले प्रमाण पाइएकाले उजुरी दर्ता गरिएको हो, खाँणले गृहमन्त्री चलाउँदै गर्दा बहुविवाह गर्ने हजारौं जेलमा सडाउने काम गर्नुभएको छ, देशकै गृहमन्त्रीले रुपन्देहीमा दिलमाया खाँण, काठमाडौंमा मञ्जु खाँण नाम दर्ता भएकाले उक्त कुराको पुष्टि हुन्छ ।’

ठूला तथा सम्पत्तिवालाविरुद्धको मुद्दा तालमेलीमा र सर्वसाधारणलाई जेलमा कोच्न नपाइने अधिवक्ता थापाले बताइन् । निर्वाचन आयुक्तले सम्बन्धित जिल्लामा दर्ता गरेपछि प्रक्रिया अगाडि बढाइने भनेकाले रुपन्देही क्षेत्र नम्बर ३ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको उनको भनाइ छ ।

photo 2022 11 17 16 08 33

photo 2022 11 17 16 08 34

Related posts