कैलालीमा एक घरमा आगलागी 

कैलाली, मंसिर २ । कैलालीको घोडाघोडी नगरपालिका – ४ स्थित एक घरमा आगलागी भएको छ ।

परालमा लागेको आगो घरको छानासम्म पुगेर सल्किएको स्थानीयले बताएका छन् । आगो नियन्त्रण गर्न प्रहरी टोली तथा दमकल घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

Related posts