बर्दिया २ बाट रेशम चौधरीका बुबा लालवीर चौधरी निर्वाचित

बर्दिया, मंसिर ७ । बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरी निर्वाचित भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीका बुबा लालवीर स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका हुन् । लालवीरसँग माओवादीका सुरेश पन्थ १३५ मतले पराजित भएका छन् ।

बर्दिया २ को नतिजा आइसकेपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छैन ।

Related posts