जिप्रका (ब.सु.प.) द्वारा परासीमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

परासी, मंसिर २० । “समुदाय – प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत मंगलबार पश्चिम नवलपरासीको परासीस्थित उद्योग वाणिज्य संघको सभाहलमा आत्माहत्या न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) को आयोजनामा जिल्ला सदरमुकाम परासीस्थित पवन माध्यमिक बिद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत अन्दाजी ५५० जना बिद्यार्थी भाईबहिनिहरुको सहभागिता रहेको थियो ।

photo 2022 12 06 18 57 12

सहभागी विद्यार्थी भाईबहिनीहरुलाई “आत्म हत्या न्यूनीकरण” सम्बन्धी सचेतनामुलक कार्यक्रम प्रदान गरिएको हो । कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयद्धारा आत्महत्या न्यूनीकरण सम्बन्धि प्रस्तुतिकरण मार्फत १ घण्टा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

सो कार्यक्रममा उक्त बिद्यालयका प्राध्यानाध्यापक अरबिन्द पाठक लगायतका अन्य अध्यापकहरु, पत्रकार र प्रहरी कर्मचारीहरुसमेत सहभागिता रहेको थियो ।

photo 2022 12 06 18 57 23

साथै आगामी दिनमा यस किसिमको कार्यक्रममा अन्य बिद्यालयका बिद्यार्थीहरुलाई समेत सहभागि गराई प्रशिक्षण प्रदान गरिने लक्ष्य रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले बताउनु भयो ।

Related posts