तराईमा हुस्सु लाग्ने, कस्तो रहला अन्य स्थानको मौसम?

काठमाडौं । पछिल्लो केही हप्ता यता नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जसका कारण वर्षा र हिमपात भएको छैन। आज बिहान तराई भूभागको केही स्थानमा हुस्सु/कुहिरो लागेको छ। पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।  

तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने  र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। 

आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

विभागले आज राति लुम्बिनी प्रदेशका साथै प्रदेश–१,  वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  

Related posts