समानुपातिक सांसदहरुले पाए प्रमाणपत्र (तस्बिरहरु)

काठमाडौँ, पुस ३ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र दिइएको छ । आयोगले आइतबार केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका सांसदलाई प्रमाणपत्र प्रदान गरेको हो ।

उनीहरुलाई निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले खादा लगाएर बधाई तथा शुभकामना दिएका छन् । प्रतिनिधिसभातर्फ ११० र सातै प्रदेशका विभिन्न दलका २२० उम्मेदवार गरी जम्मा ३३० जना समानुपातिक सांसद छन् ।

प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एमालेबाट ३४, नेपाली कांग्रेसबाट ३२, नेकपा माओवादी केन्द्रबाट १४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ७, जसपाबाट ५ र जनमत पार्टीबाट ५ सांसद गरी ११० जना निर्वाचित भएका छन् ।

यस्तै प्रदेशसभा अन्तर्गत प्रदेश १ मा ३७, मधेशमा ४३, वाग्मती ४४, गण्डकी २४, लुम्बिनी ३५, कर्णाली १६ र सदूरपश्चिममा २१ जना गरी २२० जना समानुपातिकतर्फबाट निर्वाचित भएका छन् ।

photo 2022 12 18 14 49 32

photo 2022 12 18 14 49 25

photo 2022 12 18 14 49 26

photo 2022 12 18 14 49 27

photo 2022 12 18 14 49 30

photo 2022 12 18 14 49 35

photo 2022 12 18 14 49 37

photo 2022 12 18 14 49 21

Related posts