कांग्रेस संसदीय दलको नेताका लागि आज उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि आज उमेदवारी दर्ता हुँदै छ। कांग्रेसले सहमहामन्त्री भिष्मराज आङ्देम्बे नेतृत्वको निर्वाचन समिति गठन गरेको थियो।

समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय दलको नेतामा उठ्ने सांसदले आज उमेदवारी दर्ता गर्नु पर्नेछ। उमेदवारी दर्ता आज दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ। उमेदवार बन्न ५१ हजार शूल्क तिर्नुपर्ने भएको छ। 

संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासहित नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले उमेदवारी दिने तयारी गरेका छन्।

यद्यपि, कोइराला र थापाबीच सहमतिको प्रयास भइरहेको छ। कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन्। बुधबार कांग्रेसको संसदीय दलको निर्वाचन हुँदै छ।

Related posts