पश्चिम नवलपरासीको बर्दघाटमा “आत्महत्या न्यूनीकरण” सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

नवलपरासी, पुस ८ । पश्चिम नवलपरासीको बर्दघाटमा “समुदाय- प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत शुक्रबार “आत्महत्या न्यूनीकरण” सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीको आयोजनामा बर्दघाट नगरपालिका वडा नं. ४ स्थित कुमुदिनी ईङ्गलिश बोर्डिङ सेकेण्डरी स्कुलको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, सोही बिद्यालयका प्रधानाध्यापक मिन केशर शर्मा लगायत अन्य शिक्षक तथा शिक्षिका साथै कक्षा ११ मा अध्ययनरत अन्दाजी १५० जना बिद्यार्थीको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले आत्महत्या रोकथाममा नागरिकको भुमिका सम्बन्धमा सहभागीहरुसँग अन्तर्किया गरेका थिए ।

यस्तै जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयद्वारा बिहान ९ बजेदेखि ९:५५ सम्म आत्महत्या न्यूनीकरण सम्बन्धमा प्रस्तुतिकरण मार्फत प्रशिक्षण प्रदान भएको थियो । साथै आगामी दिनमा यस किसिमका कार्यक्रम अन्य स्थानमा समेत संचालन गर्ने लक्ष्य रहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए ।

photo 2022 12 23 14 39 14

Related posts