भारतमा सेनाको ट्रक दुर्घटना हुँदा १६ शैनिकको मृत्यु

नयाँ दिल्ली, पुस ८ । भारतको उत्तरी सिक्किममा सेनाको ट्रक दुर्घटना हुँदा १६ जना शैनिकको ज्यान गएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहान सेनाको तीनवटा सवारीसाधन सेना लिएर चटनबाट थंगु जाँदै गर्दा मोडमा चालकले नियन्त्रण गुमाउँदा ट्रक सडकदेखि तल पुगेको थियो । 

भारतीय सेनाले जनाएअनुसार दुर्घटना भएलगत्तै उद्धार सुरु गरिएको थियो । 

Related posts