सीके राउतको जनमत पार्टीले पायो उद्योग मन्त्रालय

काठमाडौं, पुस ११ । जनमत पार्टीले पार्टीका उपाध्यक्ष अब्दुल खाँलाई सरकारमा पठाउने भएको छ ।

सोमबार दिउँसो सत्ता गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष राउतले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसहित खाँलाई सरकारमा पठाउने सहमति भएको बताए ।

कुराकानीका क्रममा पत्रकारले तपाईं मन्त्री नहुने? भनी सोधेको प्रश्नमा जवाफ दिँदै राउतले भने ‘म सासंद बन्न पनि योग्य व्यक्ति होइन, तर योग्य व्यक्तिलाई पार्टीले मन्त्री बनाउन सिफारिस गर्दैछ ।’

Related posts