तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही  मध्य तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु लागेको छ । आज दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार भने  प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

हिमाली भू-भागमा हल्का हिमपात र मध्य तराईका धेरै भू-भागहरुमा  बाक्लो हुस्सुलाग्ने हुँदा दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Related posts