साझा बस चढेर ललितपुरको पाटनढोकास्थित मदन पुस्तकालय पुगिन् राष्ट्रपति भण्डारी (तस्बिरहरु)

काठमाडौँ, पुस २३ । राष्ट्रपति विद्यादेवी भण्डारी साझा बस चढेर ललितपुर पुगेकी छन् ।

राष्ट्रपति भण्डारी ललितपुरको पाटनढोकास्थित मदन पुस्तकालयको अवलोकनका लागि शनिबार साझाको विद्युतीय बस चढेर ललितपुर पुगेकी हुन् । उनलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र वरिष्ठ पत्रकार कनकमणि दिक्षितले स्वागत गरेका थिए ।

उनी शितल निवासबाटै साझा बसमा सवार भएर पाटनढोका पुगेकी हुन् । उनले केही समय पिम्बाहल क्षेत्रमा पनि बिताएकी थिइन् ।

photo 2023 01 07 16 06 30photo 2023 01 07 16 06 33

photo 2023 01 07 16 06 32

photo 2023 01 07 16 06 34

photo 2023 01 07 16 06 36

Related posts