गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारी नियुक्त

पोखरा, पुस २५ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले एमाले संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले संगठन विभाग प्रमुख समेत रहेका नेता अधिकारीलाई माओवादी केन्द्र, राप्रपा र नेकपा एसमा प्रवेश गरेका स्वतन्त्र सांसद दिपक मनाङेले समेत समर्थन जनाएका छन् ।

अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद गरि ३३ सांसदको समर्थन रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

photo 2023 01 09 15 27 24

Related posts