पश्चिम नवलपरासीबाट विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरु पक्राउ

नवलपरासी, पुस २८ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका – ४ बाट विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरु पक्राउ परेका छन् । सम्मानित अदालतबाट कैद तथा जरिवाना फैसला भई लुकिछिपी बसेका प्रतिवादीहरु बिहीबार दिउँसो करिब १२ बजेतिर पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा प्रनानि गोकर्ण चौहानको कमाण्डमा खटिएको टोलीले सरावल गाउँपालिका – ४ का अन्दाजी २५ वर्षकी सरोजा कुमारी अहिर र अन्दाजी ५५ वर्षका राम बृज केवतलाई पक्राउ गरिएको छ ।

सरोजालाई २०७७ साल फागुन ५ गते बहु विवाह मुद्दामा रु ५०० जरिवानासहित फैसला तोकिएको थियो । यस्तै राम बृजलाई २०६१ साल चैत्र १८ गते गाली गलौज मुद्दामा रु १५०० जरिवानासहित फैसला तोकिएको थियो ।

पक्राउ गरिएका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय हुँदै जरिवाना तथा कारबाहीका लागि सम्मानित जिल्ला अदालत नवलपरासीमा पठाइएको सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।

Related posts