बिमानस्थलबाट विदेशी मुद्रासहित २२ जना नेपाली पक्राउ

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित २२ जना नेपाली पक्राउ परेका छन् ।

फ्लाई दुबईको उडानबाट काठमाडौं-दुबई हुँदै क्रोसिया जान लागेका २२ पुरुष विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको हाते झोला जाँच गर्ने ठाउँबाट पक्राउ परेका हुन् । उनीहरुलाई विभिन्न दरका ५१ हजार ३५१ यूरो (नेरु ७२ लाख ६३ हजार ९७१) सहित पुस ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा राजकुमार लिम्बु, रोहित रायमाझी, गोविन्द राना, महेन्द्र राई, सोनम तामाङ, राजु शाही, मिलन राई, राजु लामा, दशरथ राई, सोमबहादुर केसी, नवीन थापामगर, लोप्साङ तामाङ, नगेन्द्र चौधरी, डम्बरबहादुर योङहाङ, बुद्धिराज नेमाङ लिम्बु, निवासा लिम्बु, जसबहादुर लिम्बु, उपेन्द्र मल्ल, किरण लामा, एलिस खत्री र अशोक गुरुङलाई पक्राउ गरिएको छ ।

उनीहरुलाई पठाउने पदमबहादुर विश्‍वकर्मा पनि विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान गेटको बाहिर पट्टीबाट नियन्त्रणमा परेका छन् । उनको साथबाट भने नेपाली रुपैयाँ १००० दरको १ लाख २० हजार बरामद गरिएको छ ।

पक्राउ परेकाहरुलाई अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

 

Related posts