नेपालगञ्जबाट काठमाडौं उडेको जहाज झापामा अवतरण

काठमाडौ । नेपालगञ्जबाट काठमाडौंको लागि उडेको श्री एयरलाइन्सको ४४० विमान झापामा आकस्मिक अवतरण गरिएको छ ।

बिहान ७ बजे नेपालगञ्जबाट उडेको विमान ९ बजेर ६ मिनेटमा झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरिएको हो ।

काठमाडौंको भिजिविलिटी कम्तिमा १६ सय मिटर हुनुपर्ने थियो । तर, बिहान १५ सय मिटरमात्रै भएकाले झापामै अवतरण गर्नुपरेको बताइएको छ ।

सोहि जहाजमा सवार एक यात्रु मदन कुमार गौतमले विमानस्थलको लापरबाहीले यस्तो भएको कुरा सामाजिक सञ्जालमार्फत बताएका छन् । 

Related posts