मधेस प्रदेशका दुई स्वतन्त्र सांसद जसपामा प्रवेश

जनकपुरधाम, माघ ८ । मधेश प्रदेशका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

सोमबार स्वतन्त्र सांसदद्वय सुरिता कुमारी साह र प्रमोद कुमार जैसवाल जसपामा प्रवेश गरेका हुन् । साह महोत्तरी क्षेत्र नम्बर २ (२) र जैसवाल पर्सा क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।

उनीहरु दुवै जनालाई जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् । योसँगै मधेस प्रदेशमा जसपाको १८ सांसद पुगेको छ ।

Related posts