त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इटालियन नागरिक पक्राउ

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ लाख १४ हजार भारतीय रुपैयाँसहित इटालियन नागरिक रोबर्ट मिगानीलाई पक्राउ गरेको छ ।

उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो । ईन्डिगो एयरको उडान नम्बर ६ ई ३२ बाट काठमाडौँबाट दिल्ली हुँदै गोवा जान लागेका रोबर्टलाई विभिन्न दरको उक्त भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ। 

Related posts