धनुषा । धनुषामा अवैध हतियार पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतो रहेका छन ।
उनीहरुलाई नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
इकाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले गत माघ १२ गते साँझ विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनीहरूलाई पेस्तोलसहित पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धुनषाका प्रमुख एसपी विश्वराज खड्काले बताए।
खड्काका अनुसार उनीहरूको साथबाट माउजर पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड गरिएको २ थान गोली बरामद गरिएको छ।






