प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै दलका प्रमुख सचेतकलाई छलफलमा बोलाएका छन्।

सोमबार बिहान ९ बजे बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधिसभाको विजनेसका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 प्रधानमन्त्रीको सचिवालयका अनुसार संसदको आगामी बैठकलाई प्रभावकारी रुपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरुलाई बोलाईएको हो।

Related posts