भोजपुरमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोआ एकजना पक्राउ

भोजपुर । भोजपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–१ बस्ने २६ वर्षीय यदुराज बस्नेत रहेको छ । उनलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो। 

बस्नेतले ती किशोरीलाई गत शुक्रबार राति घोडेटारदेखि पूर्णेबजारसम्म आवतजावत गर्ने कच्ची बाटोको च्यानडाँडा भन्ने स्थानमा ना.५ त ६५८० नम्बरको ट्याक्टरमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

Related posts