कर्णाली प्रदेशमा जनयुद्ध दिवसमा सार्वजनिक बिदा

काठमाडौं, माघ २५ । कर्णाली प्रदेश सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ गते देशमा जनयुद्ध शुरू भएको भन्दै उक्त दिनलाई जनयुद्ध दिवसकको रूपमा बिदा दिने निर्णय गरेको हो।

प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीमा राजकुमार शर्मा छन्।

Related posts