एक हजार दरको ५६९ थान नक्कली नोटसहित तीनजना पक्राउ

बाँके, फागुन ३ । बाँकेमा एक हजार दरको ५६९ थान नक्कली नोटसहित तीनजना पक्राउ परेका छन् ।

नेपालगंज उपमहानगरपालिका–२, न्युरोडबाट ३३ वर्षीय मोहन कुमाईसहित तीन जना पक्राउ परेका हुन ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो ।   

Related posts