कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त

काठमाडौ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिले शनिवार गुरुङलाई प्रमुख कार्यकारी अधिर्कतमा नियुक्त गरेको हो । यसअघिका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय चार वर्षे कार्यकाल पुरा गरेर बाहिरिएपछि उक्त पद रिक्त थियो।

यसअघि उनले हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंकमा काम गरेका थिए भने सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। त्यसपश्चात उनी म्यानमारको एक बैंकको प्रमुख कार्यकारी अधिकृत रुपमा काम गरिरहेका थिए।

प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएसँग उनले सोमबारबाट कार्यभार सम्हाल्ने छन्।

Related posts