कपिलवस्तु, फागुन २२ । नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खां लगायत नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले नेपालीको उल्लासपूर्ण चाड होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देश दिँदै शान्ति र सद्भाव फैलाउने उमङ्गको रङ्गिलो होली पर्व हरेक वर्ष फागु शुक्ल पूर्णिमाका दिन मनाइने यस अवसरमा आफन्तसँगको भेटघाट, सांस्कृतिक मनोरञ्जन, सामूहिक हर्षबढाइँका साथ होली पर्वको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने महत्वका साथ हेरिने बताएका छन् ।
उनीहरूले होली पर्वको लोकप्रियतालाई बचाइ राख्न कसैलाई पनि ईच्छा विपरीत रङ नलगाउन, कसैलाई पनि दुर्व्यवहार नगर्न र अवाञ्छित क्रियाकलाप नगर्न, नगराउन अनुरोध गरेका छन् ।






