सप्तरीमा बालुवामुनि गाडेर राखेको गाँजा बरामद

सप्तरी । सप्तरी प्रहरीले बालुवामुनि गाडेर लुकाएर राखेको ६० केजी गाँजा बरामद गरेको छ ।

कन्चनरूप प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका – १ कोशी ब्यारेजभन्दा दक्षिण कोशी बाँधको २ सय मिटर तल बालुवामुनि अवैध रुपमा गाडेर राखेको अवस्थामा गाजा बरामद गरेको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।

सो गाँजाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Related posts