काठमाडौँ, फागुन २७ । आठ दलीय गठबन्धन दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ ।
बैठक आज बिहान साढे ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनकारी दिएको छ । बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेदवार मनोनयनको कार्यतालिका छ, तर निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न नपाउने निर्णय गरेपछि दलहरू अन्यौलमा परेका छन् ।






