राष्ट्रिय सभाको बैठक चैत ८ गतेलाई सर्‍यो

काठमाडौं, फागुन २८ । सोमबारका लागि तोकिएको संघीय संसद राष्ट्रिय सभाको बैठक सरेको छ । 

राष्ट्रिय सभाको सचिवालयले आज सूचना जारी गरी भोलि फागुन २९ गते सोमबार अपराह्न १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश आगामी चैत ८ गते बुधबार अपराह्न १ बजेका लागि तोकको छ । 

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपदफा (३) बमोजिम सभाका अध्यक्षले कार्य व्यवस्था परामर्श समितिको परामर्शमा चैत २८ गते बस्ने गरी निर्धारण गरेको सूचनामा उल्लेख छ । रासस

Related posts