कपिलवस्तुमा एक हजरको नक्कली नोट फेला पर्‍यो

कपिलवस्तु, चैत १ । कपिलवस्तुको तौलिहवास्थित एभरेष्ट बैक तौलिहवा शाखामा एक हजारको नक्कली नोट फेला परेको छ । बुधवार बैकका एक ग्राहकले बैंकमा पैसा जम्मा गर्ने क्रममा सो नोट फेला परेको हो।

बैकका मेनेजर शंकर घिमिरेले बैकका एक ग्राहकले पैसा जम्मा गर्नेक्रममा नोटको गड्डीबाट सो नक्कली नोट फेला परेको बताए । पैसा जम्मा गर्ने क्रममा नोट गन्ने डिटेक्टर मेशीनले सो नोट नक्कली रहेको देखाएको थियो। बैकले पैसा जम्मा गर्न आउने ग्राहकको नाम भने गोप्य राखेको छ। फेला परेको नक्कली नोट भने बैकले जफत गरेका छ।

सो नोटको सट्टा बैकले ग्राहकसंग अर्को नोट मागेर जम्मा गरेको थियो। बैकका मेनेजर घिमिरेले नक्कली नोटदेखि सवधानी अपनाउन आग्रह गरेका छन।  

Related posts