रुपन्देहीको लिलाधर घिमिरे पछिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी

बुटवल, चैत ५ । रुपन्देहीको लिलाधर घिमिरे पछिया जनता कलेजमा नेपाली कांग्रेसको निकट नेपाल विद्यार्थी संघको प्यानल नै विजय भएको छ ।

स्ववियु चुनावको परिणाम अनुसार सभापतिमा नेविसंघका अभिषेककुमार यादव विजय भएका हुन् । यादवले ११३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुकी पुष्पा यादवले ५१ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।  

सचिवमा मुकेश नाउँ, कोषाध्यक्षमा विजया लक्ष्मी रानाभाट निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा नीराजन मुराउ, सरिता मल्लाह, दीपेन्द्र थारु र आशिष जैसवाल विजयी भएको निर्वाचन अधिकृत इन्द्रप्रसाद तिवारीले जानकारी दिए । 

उक्त क्याम्पसमा २ सय ३१ जना विद्यार्थी मतदाता भएपनि १६६ मत खसेको थियो ।

Related posts