दक्षिणकालीमा जिप दुर्घटना : एकको मृत्यु, आठ घाइते

काठमाडौं, चैत ७ । काठमाडौको दक्षिणकाली नगरपालिका–८ स्थित शीतलचोकमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना१झ ३४२४ नम्बरको जिप दक्षिणकालीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रण लिइएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेर ज्यान गुमाएका मृतकको पहिचान हालसम्म खुलेको छैन । दुर्घटनामा घाइते आठ जनालाई उपचारका लागि मनमोहन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Related posts