कैलालीको धनगढी मोहना घाटमा चैती छठ पूजा सम्पन्न

धनगढी । धनगढीको मोहना नदी घाटमा चैती छठ पूजा सम्पन्न भएको छ । सोमवार अस्ताउँदो सूर्य र मङ्गलवार विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा सम्पन्न भएको हो।

धनगढीको मोहना नदी किनारको छठी घाटमा पूजाको व्यवस्थापन गरेर छठी माताको पूजा सम्पन्न गरिएको छ्ठ पूजा समितिले जनाएको छ।

कात्तिकमा झै हरेक वर्ष चैतको महिनामा पनि अघिल्लो दिन अस्ताउँदो र दोस्रो दिन उदाउँदो सूर्यको पूजा र प्रार्थना गर्दै मैथिली समुदायमा चैती छठ मनाउने प्रचलन रहेको सरोजप्रसाद यादवले बताए।

Related posts