राम नवमीमा कर्णाली प्रदेशभर सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले राम नवमीमा सार्वजनिक बिदा दिने भएको छ । कर्णाली प्रदेश सरकारले रामनवमीको अवसरमा चैत १६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को वि.सं. २०७८ चैत २९ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले बताए ।

प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

photo 2023 03 28 13 59 44

Related posts