बारामा घुस लिँदै गर्दा खरिदार र लेखापढी पक्राउ

बारा । जिल्ला मालपोत कार्यालय बाराका खरिदार रामविश्वास साह र लेखापढी व्यवसायी गौरीशंकर कुशवाहा १५ हजार घुससहित रंगेहात पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले घुस रकमसहित उनीहरूलाई कार्यालय परिसरनजिकैको पसलबाट नियन्त्रणमा लिएको हो।

जग्गा दर्ता प्रयोजनका लागि उनीहरूले सेवाग्राहीबाट घुस मागेको सूचनापछि टोलीले रंगेहात पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ। साह र कुशवाहामाथि थप अनुसन्धान भइरहेको छ। 

Related posts