घरमा भएका हतियार प्रहरी कार्यालयमा बुझाउन प्रशासनको आग्रह

काठमाडौं, चैत २४ । जिल्ला प्रशासन कार्यालय चितवनले घरमा भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

आज सूचना जारी गर्दै कार्यालयले इजाजतप्राप्त हातहतियारहरू घर नजिकैको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो । वैशाख १० मा चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन घरका हातहतियार बुझाउन कार्यालयले अनुरोध गरेको हो । हातहतियार नबुझाउनेलाई कारबाही गर्ने चेतावनी कार्यालयको छ ।

photo 2023 04 07 11 36 33

Related posts