दाङमा सर्पको टोकाइबाट बालकको मृत्यु

दाङ, चैत २५ । दाङमा सर्पको टोकाइबाट बालकको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३ ढकनाका ११ वर्षीय छवि चौधरीको शुक्रबार सर्पको टोकाइबाट मृत्यु भएको हो ।

घरको आँगनमा खेल्दै गरेको बल बारीमा पुगेपछि लिन जाँदा उनलाई चोर औँलामा सर्पले टोकेको थियो । उनलाई डोमनी प्रजातिको सर्पले टोकेको जनाएको छ । सर्पदंशपछि गम्भीर बिरामी भएका छविलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो ।

उनको शुक्रबार साँझ उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Related posts