करेन्ट लागेर अर्घाखाँचीमा बालक घाईते

भावना मगर
अर्घाखाँची, चैत २५ । अर्घाखाँचीमा करेन्ट लागेर शनिबार एक जना बालक घाइते भएका छन् । घाइते हुनेमा सन्धिखर्क नगरपालिका- १० अर्घा घर भएका शिव कुंवरको छोरा १५ वर्षीय हिम्मत कुंवर रहेको छ ।

कुंवर घर अगाडि खेल्दै गर्दा बिद्युतको हाईटेन्सनको तारमा छुन गई करेन्ट लागेर घाइते भएका हुन् । उनको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी कृष्ण घिमिरेले नवलपुर टुडेलाई जानकारी दिए ।

घाइते बालकको हात र खुट्टामा असर परेको छ । घटना बारे अनुसन्धान भैरहेको घिमिरेले जानकारी दिए ।

Related posts