सेती नदीको खोचमा खसेर एक बालिका बेपत्ता

पोखरा, वैशाख २ । सेती नदीको खोचमा खसेर एक बालिका बेपत्ता भएकी छिन् ।

पोखरा महागनरपालिका वडा नम्बर १५ स्थित सेती नदीको खोचमा खसेर १२ वर्षीया स्मृती पराजुली बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । खेल्ने क्रममा उनी खोचेमा खेसेकी थिइन् ।

अहिले उनको उद्धारका लागि नेपाल प्रहरीको उद्धार टाेली खटिएको छ । थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Related posts