मन्त्रिपरिषदद्वारा राष्ट्रिय परिचयपत्र प्रमाणीकरणसम्बन्धी ठेक्का रद्द

काठमाडौ । राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण तथा अन्तरआबद्धतासम्बन्धी ठेक्का सरकारले रद्द गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ठेक्का रद्द गरेको हो।

सार्वजनिक खरिद ऐन मिचेर गत माघमा गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले फ्रेन्च कम्पनी आइडिएमईको नेपाल प्रतिनिधि एडभान्टेज इन्टरनेसनललाई यससम्बन्धी ठेक्का दिएको थियो।

नागरिकको विवरण प्रमाणीकरण एवं अन्तरप्रणाली आबद्धतासम्बन्धी कार्यविधि–२०७९ का आधारमा सार्वजनिक खरिद नियमावलीविपरीत ठेक्का दिएको पुष्टि भएपछि रद्द गरिएको गृह मन्त्रालयका एक अधिकारीले बताए। सरकारले सो कार्यविधि पनि खारेज गरेको छ भने सो प्रकरणमा छानबिन गर्ने निर्णय गरेको छ।

Related posts