कपिलवस्तुको गेडुवाजोतमा अबैध काठ बरामद

नन्द किशोर कुर्मी
कपिलवस्तु, बैशाख ६ । कपिलवस्तुमा झाडीमा लुकाएर राखेको अबैध काठ बरामद गरिएको छ ।

बरामद अबैध काठ बिजयनगर गाउँपालिका- ७ गेडुवाजोत घाट नजिक नेपालतर्फको जंगल भित्र सिसौका दुई गोलिया काठ बरामद गरिएको हो ।

उक्त काठ झाडीमा लुकाएर राखिएको अबस्थामा सव डिभिजन बन कार्यालय ठकुरापुरबाट रेन्जरसमेतका कर्मचारी र सशस्त्र प्रहरी बल गणेशपुरका प्रहरीहरुको संयुक्त टोलीले बरामद गरिएको हो

बरामद काठ सव डिभिजन बन कार्यालयमा राखिएको छ । पछिल्लो समयमा कपिलवस्तुमा काठको तस्कर बढिरहेको स्थानीयको जनगुनासो व्यापक छ ।

Related posts