दाङ, वैशाख ७ । दाङको घोराहीमा एक महिलाको शव गाडेको अवस्थामा भेटिएको छ ।
घोराही उपमहानगरपालिका – १२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव घर नजिकै गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिए । शारदाका श्रीमान ४१ वर्षीया मेघराज केसी भने फरार रहेको उनले बताए ।
केसीको खोजी भइरहेको प्रहरीले जनाएको छ । आफन्तले जिल्ला प्रहरी कार्यालय घोराहीमा मेघराज विरुद्ध किटानी जाहेरी दिएका छन् ।






